धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध भैँसी जुलुस
काठमाडौं । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको छ । भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले भैंसी जुलुस निकालेका हुन् ।
जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, इन्जिनियर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो । भैंसी जुलस निकालेका नगरबासीले मेयर विजयशंकर साह, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर र लेखा अधिकृत शिवकुमार झाविरुद्ध नाराबाजी गर्दै जुलुस निकालिएको थियो ।
भ्रष्टाचार लुकाउन सूचना नदिएको भन्दै संघर्ष समितिका संयोजक सुरेश यादवको नेतृत्वमा विगत १४ दिनदेखि नगरपालिकाको कार्यालयमा रिले अनसन जारी छ । चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, गत वर्ष संसद विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, कोभिड १९ रोकथाम तथा क्वारेन्टाइन सञ्चालन खर्चलगायतका शीर्षकमा भएको खर्चको सूचना मागेको महिनौं वितिसक्दा पनि नदिएपछि यस्तो कदम चाल्नु परेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #भैंसी जुलुस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्