महिलाको चरित्र हत्या गरेको भन्दै ४ युटुबर पक्राउ
काठमाडौं । युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्ता समेत) प्रसारण गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्याई घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेक पलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका छन् ।
यस्तै, सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीय पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पनि प८क्राउ परेका ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि बुधबार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।
ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेको छ । कतिपय यस्ता च्यानलले प्रसारण गर्ने सामग्रीमा स्रोतको उल्लेख नहुने गरेको, सत्य तथ्यमा आधारित नरहेको तथा मानिसको चरित्र हत्या गर्ने र व्यक्तिगत विषय समेत सञ्चारमाध्यामबाट सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ । पत्रकार आचारसंहिताको समेत ख्याल युटुबरले गरेको गुनासो आइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #युट्युब च्यानल, #युट्युबरलाई पक्राउ
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्