मेस्सीको गोलमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हरायो
काठमाडौं । च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको हो । गएराति भएको खेलमा घरेलु टोली पीएसजीले गुआईको गोलबाट अग्रता लिएको थियो ।
त्यस्तै, खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले २–० को अग्रता बनाएको थियो । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् । साथै नयाँ सिजनमा पीएसजीका लागि अहिलेसम्म चार खेल खेलेका मेस्सीले पहिलो गोल गरे । च्याम्पियन्स लिग फुटबलमा गयराती भएका खेलमा रियल मड्रिड र एसी मिलान पराजित भएका थिए ।
रियललाई सेरिफले र एसी मिलानलाई एट्लेटिको मड्रिडले समान २–१ गोलले हराएको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले स्पोर्टिङलाई १–० ले हराएको छ । सख्तर डोनेस्क र इन्टरमिलानले गोलरहित बराबरी खेलेका छन् ।
त्यस्तै अजाक्सले बेसिक्टासलाई २–० ले हराएको छ । पोर्टो लिभरपुलसँग फराकिलो अन्तरले पराजित भएको छ । लिभरपुलले पोर्टोलाई ५–१ गोलले हरायो । त्यस्तै जर्मन क्लब आरबी लाइबजिग घरेलु मैदानमा क्लब बुर्जसँग २–१ ले पराजित भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #च्याम्पियन्स लिग
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्