भारतमा कोभिसिल्ड खोप नक्कली डोज फेला, सचेत रहन विश्व स्वास्थ्य संगठनको आग्रह
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टका बीच भारत र अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जनाएको छ । कोभिसिल्ड निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ इन्डियाले सो खोप नक्कली भएको पक्का गरेको थियो । यस्तोमा डब्लूएचओले ‘फेक’खोप विश्वव्यापी जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको चेतावनी दिँदै तुरुन्तै यसलाई बिक्री वितरणबाट हटाउन पहल गरेको छ ।
भारत सरकारले यसबारे आधिकारिक धाराणा दिएको छैन तर स्थानीय रिपोर्टका अनुसार देशको स्वास्थ्य मन्त्रालयले यो मुद्दामा अनुसन्धान गरिरहेको छ । कोभिसिल्ड बेलायती खोप एस्ट्राजेनेकाको भारतीय स्वरुप हो र अहिलेसम्म भारतमा मात्र यसका ४८ करोड ६० लाख डोज प्रयोगमा ल्याइसकिएको छ ।
कम्पनी सेरमले डब्लूएचओको कोभ्याक्ससँग आबद्ध रहेर एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत यसका लाखौँ डोज आपूर्ति गराएको छ । तर, भारतमा चलेको भयावह दोस्रो लहर पश्चात् सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको हो । सेरमले पनिवर्षको अन्त्यसम्म भारतकै मागलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताएको थियो । हालसम्म भारतमा १३ प्रतिशत जनसंख्याले पूरा डोज खोप लगाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोभिसिल्ड खोपका नक्कली डोज, #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्