कोरोना रोकथाममा सरकारी बेवास्था, राहदानी लिन समेत तछाड मछाड

काठमाडौं । खोप लगाउन होस वा बजार पसलमा किलमेल गर्न अनि बैंकदेखी पेट्रोलपम्पसम्म नै किन नहोस्, लाईन लाग्नुपर्ने नेपालीहरुको सधैको बाध्यता बनेको छ । हुँदा हुँदा सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएका छन सर्वसाधारण । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीडभाड लागेको थियो । कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था मिलाउन ध्यान नदिएको भीडमा बसेर राहदानी लिन बाध्य सेवाग्राहीको गुनासो थियो ।
छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले आफैले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने गरेको सरकार व्यवस्थापनमा सधै बेमतलबी देखिएको आक्रोश पोखे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्दै, प्रविधिमैत्री र विकेन्द्रिकृत सेवा मार्फत भीडभाड घटाउन सरकारलाई सुझाब दिएका छन् । धनुषाबाट आएका धिरेन्द्रकुमार साह पनि दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गर्दै थिए । कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको भन्दै साहले गुनासो पोखे ।
राहदानी नविकरणका लागि बिहानैदेखी राहदानी विभाग पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाले सरकारको लाचारी झल्काएको गुनासो पोखे । कोरोनाको जोखिम मोलेर आफूहरुलाई राहदानी लिन भीडमा बस्न सरकारले नै बाध्य पारेको कार्कीको जिकिर थियो । सरकारले भौतिक दुरीको कुरा गरेपनि सेवा लिने अनि दिने बेलामा भिडको व्यवस्थापन कसरी गर्ने भन्ने व्यवस्थापन गर्न नसकेको अधिकांश सेवाग्राहीको गुनासो थियो । प्रविधि र गाउँ गाउँमा सिंहदरबारको गफ गर्ने शासक प्रशासकले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न नसकेकोमा समेत धेरैले राहदानी विभागबाट आक्रोस पोखेका छन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खोप लगाउन, #राहदानी लिन बाध्य
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्