रोजगारका लागि भारत जाने नेपालीको फेरि लाग्न थाल्यो लर्को
बाँके । कोरोना संक्रमणको जोखिमका विच पश्चिमी नाकाबाट भारत जाने नेपालीको भीड बढेको छ । पछिल्लो समय पश्चिम नेपालको प्रमुख नाका बाकेको नेपालगन्ज जमुनाह नाका भएर भारत जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ । नेपालमा रोजगारीको समस्या भएको भन्दै घर खर्च चलाउन तथा परिवार पाल्नका लागी भारत जान बाध्य भएको नेपाली मजदुरको भनाई छ । नेपालमा रोजगारीको समस्या भएको भन्दै कोरोना जोखिमका बिच नेपालीहरु भारतका विभिन्न सहरमा जान बाध्य छन् ।
महिला बालबालिकादेखि, युवासँगै वयस्क पुरुषहरु पनि भारतमा रोजगारीका लागी जाने गरेका छन् । विभिन्न जिल्लाबाट रोजगारीका लागी जाने भएपछी नाकामा भिडभाड बढेको छ । निषेधाज्ञाका कारण घर खर्च चलाउन समेत मुसि्कल हुन थालेपछि पुनः रोजगारीका लागी भारत तर्फ जान लागेको उनिहरुको भनाई छ । कोरोना संक्रमणको दोस्रो लहरको दर केही कम भएपनि जोखिम उति्तकै रहदा रोजगारका लागी भारत जान बाध्य भएको नेपाली मजदुरको भनाई छ ।
रोजगारका लागी सामान्य मजदुर मात्र नभई अपांगता भएका व्यकि्त समेत जाने गरेका छन् । अपांगता भएका व्यकि्तलाई भारत सरकारले विशेष कार्डको व्यवस्था गरेको हुदा बस्न सहज हुने भन्दै भारत जाने गरेको अपांगता भएका नेपालीको भनाई छ । त्यस्तै रोजगारीको अभावमा नेपालमा बस्न खान समस्या भएको भन्दै उमेर पुगेका बृद्धहरु समेत जाने गरेका छन् ।
कोरोनाको जोखिम भएता पनि रोग भन्दा भोकको समस्या बढी भएको भन्दै रोजगारका लागी भारत जानुपरेको उनिहरुको भनाई छ । कोरोना महामारीमा रोजगारी गुमाएका नेपालीहरुलाई नेपाल सरकारले स्वदेशमै कुनै रोजगारीको व्यबस्था गर्न सकेको छैन । जसका कारण माहामारीको जोखिमका विच भारत जान नेपाली बाध्य छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पश्चिमी नाका
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्