हेलचेक्र्याईले निम्त्याउदैछ कोरोना संक्रमणको तेस्रो लहर, तयारी पनि पूरानै शैलीमा
काठमाडौ । कोरोना संक्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी उच्च हुँदा उपचारका लागि आवश्यक सामाग्रीको जोहो गर्न भने खासै ध्यान दिएको छैन् । अहिले पनि अस्पतालहरुमा दोस्रो चरणको महामारीका बेला जे जति संरचनाहरु विस्तार भएका थिए त्यतिमै सिमित देखिएका छन् । कोरोना महामारीको दोस्रो लहर नियन्त्रणमा नआउँदै दैनिक थपिने संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ३० गते देशभरबाट संकलन गरेको ४७ वटा नमुना जिन सिक्वेन्सिङका लागि भारत पठाउँदा सबै नमुनामा डेल्टा भेरियन्टसहित ३ वटामा डेल्टा प्लस म्युटेन्ट देखिएको छ ।
हालसम्म नेपालमा अल्फा, डेल्टा र कप्पा भेरियल्ट भेटिएको छ, जुन बढी संक्रामक मानिन्छ । सरकारले सर्वसाधारणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको चुनौतीको सामना गर्ने गरी तयारी गर्न समेत मातहतका निकायलाई निर्देशन दिएको छ । तर शहर बजारमा बढ्दो भीडलाई हेर्ने हो भने सर्वसाधारणले दोस्रो लहरको कोरोना सक्रमणले पारेको भयावह स्थितिलाई चटक्कै भुलिसकेका छन् । भिडभाजन्य क्रियाकलापहरु सामान्य अवस्थाका जस्तै बनिरहेको छ । मानिसहरु बाहिर हिड्डुल गर्दा सामान्य माक्स समेत प्रयोग गर्न छाडिसकेका दृश्य प्रसस्त देखिन्छन् । तेस्रो लहर आउने निश्चित हुदा समेत यसले पार्ने प्रभावप्रति न सरकार चिन्तित देखिन्छ न त सर्वसधारण नै आफै सचेत हुन सकेका छन् । सर्वसाधारणको ध्यान नै खोपतिर छ तर, सर्तकता अपनाउनेतर्फ कतिपनी सजगता देखिएको छैन् ।
पहिलो लहरमा लकडाउन खुलेपछि मानिसले जे–जे गल्ती गरे अहिले पनि त्यही गल्ती दोहो¥याउँदा संक्रमण बढिरहेको जनस्वास्थ्यविद् डा. रविन्द्रनाथ पाण्डे बताउछन् । पछिल्ला दिनमा संक्रमणको संख्या विस्तारै उकालो लाग्दै जानु र फेरि पनि संक्रामक भाइरस सक्रिय हुदै जानुले आगामी दिनमा थप चुनौपूर्ण अवस्था आउन सक्ने निश्चित भएको पाण्डे बताउछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्यको मापदण्ड पालनामा लापरवाही भएका कारण संक्रमण बढेको बताउछन् । संक्रमण बढ्नुमा राजनीतिक दल लगायत विद्यार्थी संघ–संगठन पनि उत्तिकै दोषी रहेको उनको भनाइ छ ।
डेल्टा र डेल्टा प्लस भेरियन्टले यसअघि संक्रमण नभएका व्यक्तिहरुमा जोखिम हुन सक्ने उनको भनाई छ । सातै प्रदेशका आपूर्ति व्यवस्थापन केन्द्रलाई कम्तिमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न मन्त्रालयले निर्देशन दिएको छ । संम्भावित तेस्रो लहरको लागि तीनै तहका जिम्मेवार निकायहरुलाई पूर्वाधारको तयारी, जनशक्ति व्यवस्थापन तथा एक्बुलेन्सको व्यवस्था र शेैयाहरुको जोहो गर्न र्दिेशन दिइएको छ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमितको उपचारदेखि दुईटै महामारीमा संक्रमितको उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फेरि कोरोनाका कारण गम्भीर बनेका बिरामी भर्ना हुने क्रम बढ्दो छ ।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पतालमा पछिल्लो समय कोरोनाका गम्भीर बिरामी बढ्न थालेको जानकारी दिए । दोस्रो लहरमा जे जति अभावहरु झेल्नु पर्यो आगामी दिनमा यस्तो अवस्था नआओस भन्नका लागि सरकार अझै चनाखो हुनुपर्ने देखिएको छ । जबकी दोस्रो लहरको उच्च विन्दु मानिएको २८ वैशाखमा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो भने २० असारमा दोस्रो लहरमै सबभन्दा कम १,६०३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयताका २३ दिनको तथ्यांक हेर्दा ४ साउनसम्म संक्रमितको संख्या दुई हजारदेखि ३ हजारबीचमा छ ।
५ साउनमा ३,१२३ जनामा संक्रमण देखियो । त्यसको तीन दिनसम्म केही कम भएको दैनिक थपिने संक्रमित ९ साउनबाट ३,११४ पुग्यो । साउन १० गते २,२३७ पुगेको नयाँ संक्रमित संख्या ११ गते ३,४२१, १२ गते ३,८९९, १३ गते ३ हजार ८ सय पुगेको छ । पहिलो लहरमा लकडाउन खोलेको झण्डै तीन साताको अवधिमै संक्रमण बढेको थियो । दोस्रो लहरमा पनि संक्रमण वृद्धिको ट्रेन पहिलो लहरमा जस्तै छ । ७ साउनयता क्रमशः निषेधाज्ञा खुकुलो बनाइएको छ र, पछिल्ला दिनमा राजनीतिक गतिविधि समेत बढेका छन् । पहिलेभन्दा संक्रामक रहेको डेल्टा भेरियन्ट समुदायमै रहिरहेको अवस्थामा निषेधाज्ञा खुकुलो बन्दा संक्रमण बढेको देखिन्छ । तर, सर्तकता भने अहिले पनि लगभग शुन्य जस्तै छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्