अमेरिकामा दुई चिनियाँ एजेन्टमाथि जासुसीको अभियोग
एजेन्सी । अमेरिकामा दुई चिनियाँ नागरिकमाथि जासुुसी गरेको अभियोग लागेको छ । विदेशमा रहेका चीन बिरोधी बिरुद्ध काम गर्ने र उत्पीडनको मुद्दामा दुई चिनियाँ एजेन्टमाथि अभियोग लागेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । ती एजेन्टहरुले विदेशस्थित चीन बिरोधी पक्षहरुलाई निशाना बनाउँदै अपरेसन फक्स हन्ट मिसन चलाएको न्याय मन्त्रालयले बताएको छ ।
दर्ता नभएको एजेन्टको रुपमा काम गर्ने अन्य नौ जना माथि पनि जासुसीको अभियोग लागेको न्याय मन्त्राललयले जनाएको छ । अपरेसन फक्स हन्ट मार्फत विदेशमा रहेका चिनियाँ नागरिकहरुलाई चीन फिर्ता हुन बाध्य बनाउन गोप्य रुपमा काम गरिरहेको बताईएको छ । चीन सरकारले भने भ्रष्टचार गरी विदेशमा फरार रहेका बिरुद्ध अपरेसन फक्स हन्ट चलाएको दाबी गर्दै आएको छ ।
मानिसहरुलाई धम्काउने, हिंसा तथा उत्पीडन गरेको आरोपमा गत बर्ष अक्टोबरमा पनि पाँच चिनियाँ एजेन्ट पक्राउ परेका थिए । पछिल्लो समय चिनियाँ अभियोजनकर्ता समेत रहेका पचास बर्षीय तु लान माथि उत्पीडनको अभियोगमा लागेको छ । स्रोतः डेली मेल
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्