अमेरिकामा दुई चिनियाँ एजेन्टमाथि जासुसीको अभियोग
एजेन्सी । अमेरिकामा दुई चिनियाँ नागरिकमाथि जासुुसी गरेको अभियोग लागेको छ । विदेशमा रहेका चीन बिरोधी बिरुद्ध काम गर्ने र उत्पीडनको मुद्दामा दुई चिनियाँ एजेन्टमाथि अभियोग लागेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । ती एजेन्टहरुले विदेशस्थित चीन बिरोधी पक्षहरुलाई निशाना बनाउँदै अपरेसन फक्स हन्ट मिसन चलाएको न्याय मन्त्रालयले बताएको छ ।
दर्ता नभएको एजेन्टको रुपमा काम गर्ने अन्य नौ जना माथि पनि जासुसीको अभियोग लागेको न्याय मन्त्राललयले जनाएको छ । अपरेसन फक्स हन्ट मार्फत विदेशमा रहेका चिनियाँ नागरिकहरुलाई चीन फिर्ता हुन बाध्य बनाउन गोप्य रुपमा काम गरिरहेको बताईएको छ । चीन सरकारले भने भ्रष्टचार गरी विदेशमा फरार रहेका बिरुद्ध अपरेसन फक्स हन्ट चलाएको दाबी गर्दै आएको छ ।
मानिसहरुलाई धम्काउने, हिंसा तथा उत्पीडन गरेको आरोपमा गत बर्ष अक्टोबरमा पनि पाँच चिनियाँ एजेन्ट पक्राउ परेका थिए । पछिल्लो समय चिनियाँ अभियोजनकर्ता समेत रहेका पचास बर्षीय तु लान माथि उत्पीडनको अभियोगमा लागेको छ । स्रोतः डेली मेल
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्