नेपालमा कति आयो खोप,कुन देशको खोप कति प्रभावकारी
काठमाडौं । कोरोना महामारीविरुद्ध नेपालमा विभिन्न ३ देशमा निर्मित खोप प्रयोग भइरहेको छ । पहिले पटक माघ १४ गतेबाट सञ्चालन भएको खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाए । त्यसपछि प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन भइरहेका छन् । पहिलो पटक भारतको सहयोगमा ल्याइएको कोभिसिल्ड खोप प्रयोगमा आएको थियो । पहिलो पटक खोप कार्यक्रम सञ्चालन गर्दा जति मात्रामा जनसहभागिताको अपेक्षा गरिएको थियो, त्यो अपेक्षा अनुसार सर्वसाधारणले खोप लगाएन्न । सुरुमा लक्षित वर्ग नै खोप लगाउन हच्किएका थिए । कोभिड खोप लगाएपछि देखिने साइड इफेक्टका कारण सर्वसाधारण त्रसित भएका थिए । खासमा अहिले पनि हामीले लगाएको खोपले कति काम गर्छ भन्ने प्रमाणित आधार भेटिदैँन । त्यसैले खोपको प्रभावकारीलाई लिएर एक खाले अन्यौल अहिले पनि कायम नै छ ।
खोप लगाइ सके पछि देखा पर्ने असरले गर्दा अझै पनि सर्वसाधारणले विश्वस्त भएर खोप लगाउन सकेका छैनन् । खोप विज्ञ डा. श्यामराज उप्रेतिले नेपालमा प्रयोग भइरहेको खोप पूर्णरुपमा विश्वास गर्न लायक भएको दाबी गर्छन् । अहिले प्रयोगमा आएको भारतको कोभिसिल्ड, अमेरिकाको जानसेन र चीनको भेरोसेल खोपलाई अन्तर्राष्ट्रिय निकायले प्रयोग योग्य भनेर प्रमाणित गरि सकेको छ । साथै विश्व स्वास्थ्य संगठनले तीनवटै खोपको अध्ययन पछि आपतकालिन प्रयोगका लागि अनुमति दिएको हुदा कुनै निसंकोच प्रयोग गर्न उनको सुझाव छ । कोरोनाको बढ्दो महामारीसँगै खोपप्रति आकर्षण पनि बढ्दै छ । तर नेपालमा अहिलेसम्म सबै नागरिकलाई उपलब्ध गराउने सक्ने मात्राको खोप भित्रिएको छैन । त्यसैले चाहेर पनि सहज तरिकाले खोप लगउन पाइएको छैन ।
नेपालमा पछिल्ला दिनमा खोप भित्रिने क्रम बढे पनि लगाउन तँछाड मछाड गर्नुपर्ने अवस्था छ । खोप लगाएर असुरिक्षत बन्नुपर्ने अवस्थामा खोप प्रति शंका नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा भारतबाट खरिद तथा अनसुदानमा २१ लाख, चीनबाट अनुदानमा १८ लाख र सरकारले खरिद गरेको ४० लाख डोज मध्ये करिब १६ लाख नेपाल आइसकेको छ । बाँकी खोप आउने प्रक्रियामा रहेको छ । त्यस्तै अमेरिकाले कोभ्याक्स सुविधामार्फत १५ लाख डोज जोनसन एन्ड जोनसनको जानसेन खोप उपलब्ध गराएको छ । साथै कोभ्याक्स सुविधाबाट पाउने भनिएको करिब १ करोड खोप मध्ये अहिलेसम्म ३ लाख ४८ हजार खोप आएको छ । बाँकी खोप छिट्ठै आउने उप्रेती बताउँछन् ।
त्यस्तै जापानबाट १६ लाख डोज खोप आउने क्रममा छ भने चीन सरकारले नेपाललाइ १६ लाख डोज अनुदामा दिने धोषणा गरेको छ । अब नेपालमा खोप अभाव नहुने दाबी गरेको सरकारले ७२ प्रतिशत जनसंख्यालाई यहि आर्थिक बर्ष भित्र उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाललाई प्राप्त खोप मध्ये अहिलेसम्म कोभिसिल्डको पहिलो डोज मात्रै लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ जना र यसको दोस्रो डोज समेत लगाएका ४६ हजार ३ सय ८ जना रहेका छन् । भने भेरोसेलको पहिलो मात्रा लगाउनको संख्या १५ लाख ५४ हजार ५ सय ५४ जना रहेका छन् । त्यस्तै दोसा्रे मात्रा लगाउने ६ लाख ९४ हजार ५ सय ५५ जना रहेका छन् । जोनजोस एण्ड जोनसोन खोप लगाउको संख्या २ लाख ४३ हजार ३ सय १५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #खोप अभियान, #खोप प्रयोग
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्