एक वर्षमा १५ खर्ब ३९ अर्बको वस्तु आयात, खाद्यान्नमा मात्रै बाहिरियो नेपालबाट खर्बौ रुपैयाँ
काठमाडौं । कृषिप्रधान देश नेपालले एक वर्षमा नै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका अनि दक्षिण अफ्रिकाबाट आयात गरिएको हो । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा ५० अर्ब ८० करोड रुपैयाँ भन्दा धेरैको धानरचामल, कनिका र च्युरा मात्रै आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान÷चामल भारतबाट मात्रै आयात भएको छ ।
नेपालले चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको भन्सारको तथ्यांक छ । गएको एक वर्षमा साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै आयात गर्दैआएको छ । नेपालमा पछिल्ले एक वर्षमा ३८ अर्ब ५० करोड रुपैयाँको हरियो तरकारी, २१ अर्ब रुपैयाँको फलफूल, साढे नौ अर्ब रुपैयाँको चियारकफी आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
नेपालीहरु सुविधाभोगी बन्दै जाँदा सुखसयलका सामग्रीको आयात पनि बढ्दै गएको देखिन्छ । ९७ अर्ब ३७ करोड रुपैयाँका गाडी एक वर्षमा नेपाल भित्रिएका छन् । ३४ अर्ब रुपैयाँ भन्दा धेरैका मोबाइल, फोन र पाटपूर्जा, ६४ करोड ५८ लाख रुपैयाँको घडी आयात भएको छ । समग्रमा गएको आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गरेकोमा जम्मा एक खर्ब ४१ अर्ब रुपैयाँको मात्रै निर्यात गर्न सफल भएको छ । नेपालको व्यापार घाटा एकै वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको भन्सारको तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्