अफगानिस्तानमा विद्रोही तालिवानले आक्रमण बढाएपछि देशभर एक महिनासम्म कफ्र्यू आदेश
काठमाडौं । अफगानिस्तान सरकारले देशभरका सबै ठाउँमा एक महिना लामो कर्फ्यू घोषणा गरेको छ । विद्रोही तालिवानले एकपछि अर्को गर्दै शहरी क्षेत्रमा आक्रमण तीव्र पारेपछि सरकारले देशभर कफ्र्यू लगाएको हो । अन्तर्राष्ट्रिय सेनाले देश छोडेपछि तालिवान र अफगानिस्तान सरकारबीचको तनाव बढेको छ । तालिवानले मुलुकको आधा क्षेत्र ओगटेको दावी गरेको छ ।
अमेरिकी सेनाहरू पछि हट्ने बित्तिकै तालिवानले छिटो नाफा हासिल गरेर सीमानाका र ग्रामीण क्षेत्रहरू पनि कब्जा गरेको छ । शान्ति वार्ताको प्रक्रिया अघि बढिरहेका बेला शहरी क्षेत्रमा आक्रमण बढ्न सक्ने चिन्ता छाएको छ । अमेरिकाले अफगान सेनाको आग्रहमा हवाइ हमलाका लागि सघाउने आश्वासन दिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तानमा विद्रोही तालिवान
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्