कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा, अझै पत्ता लागेन हत्यारा
काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज तीनवर्ष पूरा भएको छ । हत्याकाण्डबारे राष्ट्रिय अन्तर्राष्टिय चर्चा भएपछि अझैसम्म सुल्झिन सकेको छैन । अनुसन्धान जारी नै रहेको बताउने बाहेक प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन । १० साउन २०७५ मा साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी रोशनीको नजिकैको उखुबारीमा दोस्रो दिन शव भेटिएको थियो ।
निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्टमा देखिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि उनी छुटेका थिए ।
नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्नुपरेको थियो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख डिल्लीराम विष्ट र इलाका प्रहरी प्रमुख बर्खास्त भएका थिए । सीआईबीले २÷२ महिनाको अन्तरमा विभिन्न टोलीहरु पठाएपनि अभियुक्त पत्ता लगाउन सकेन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #निर्मला पन्तको बलात्कारपछि हत्या
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्