३२ औं गृष्मकालीन ओलम्पिक जापानको टोकियोमा भब्य उद्घाटन
काठमाडौं । ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन भएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन भएको हो ।
शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो । त्यसपछि जापानी एम्पेरर नारुहितो र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाक प्रस्तुत भए । लगत्तै जापानका ओलम्पिक विजेता सहित ६ जनाले जापानी राष्ट्रिय झण्डा मैदानभित्र ल्याए । जापानी गायक तथा सड्ड राइटर मिसियाले राष्ट्रिय गान किमियागो गाए ।
समारोहमा कोभिड–१९ बाट ज्यान गुमाउनेहरुप्रति केही समय मौन धारण समेत गरिएको थियो । बंगलादेशी नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसलाई ओलम्पिक लाउरेल प्रदान गरिएको थियो ।त्यसपछि ओलम्पिकमा सहभागी देशहरुको परेड शुरु भएको थियो । सबैभन्दा पहिले आधुनिक ओलम्पिकको शुरुवात भएको ग्रीसको मार्चपास भएको थियो ।
मार्चपासमा नेपालको राष्ट्रिय झण्डा भने पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोके । टोकियो ओलम्पिकमा ३३ खेलको ३ सय ३९ इभेन्ट समावेश छन् । जसमा विश्वभरबाट ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #गृष्मकालीन ओलम्पिक, #विश्व खेलकुदको महाकुम्भ
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्