निषेधाज्ञा खुकलो बनाइसँगै बढ्यो कोरोना संक्रमण, मंगलबार संक्रमितको संख्या एक महिनाकै उच्च
काठमाडौं । केही दिनदेखि कोरोना संक्रमण पुष्टि हुनेको संख्या कहिले २ हजार भन्दा तल त कहिले २५ सयसम्म पुग्ने गरेको थियो । तर मगंलबार एक्कासि यो संख्या बढेर ३ हजार भन्दा माथि पुगेको छ । देशभरका धेरै भागमा कोरोना संक्रमितको संख्या बढ्दा काठमाडौ उपत्यका पनि अछुतो रहेन । आइतबार देशभर १ हजार ८ सय १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस मध्ये उपत्यकामा ३ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै सोमबार २ हजार ४ सय ४५ जनामा कोरोना पुष्टि हुदा उपत्यकामा ४ सय ७४ जनामा संक्रमित बनेका थिए ।
मंगलबार काठमाडौं उपत्यकामा ७१९ सहित देशभर ३ हजार १ सय ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा ७ लाख २१ हजार ६ सय १७ जनामा संक्रमण पुष्टि भैसकेको छ । मगंलबार दुबै विधि गरेर देशका विभिन्न प्रयोशालाबाट १३ हजार १ सय ३५ जनाको परीक्षण भएको छ । पछिल्ला दिनमा भीडभाडजन्य क्रियाकलाप तथा कोरोनाप्रतिको बेवास्ता कारण स्वास्थ्यका मापदण्ड र सावधानी नअपनाउँदा फेरि संक्रमण बढेको हो । भीडभाडजन्य क्रियाकलाप बढ्दै जाँदा जनस्वास्थ विद्हरुले निरन्तर चेतावनी दिँदै आएका थिए ।
अहिले निषेधाज्ञा खुकुलो भए सगंै भिडभाड जन्य क्रियाकलाप बढेको छ । मगंलबार कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ । कोरोना कै कारण अहिलेसम्म ९ हजार ६ सय ८ जनाको मृत्यु भइ सकेको छ । अहिले सक्रिय संक्रमित २५ हजार ८ सय ३७ जना छन् । कोरोना संक्रमण पश्चात १ हजार ५ सय ९५ जना निको भएका छन् । अहिलेसम्म पुष्टि भएका संक्रमित मध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका भएका छन । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५ सय ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ सय ९२ जना आईसीयू र १ सय ७२ जना भेन्टिलेटरमा उपचारत छन् । यसरी नै कोरोना संक्रमणको दर बढ्दै जाने हो भने महामारीले फेरि एक पटक जन जीवन अस्तव्यस्त बनाउने पक्का छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्