लोकतन्त्रवादी आन्दोलन भड्काएको भन्दै चीनले गरायो हङकङमा एक समचारपत्र बन्द
हङकङ । हङकङ मा लोकतन्त्रवादी आन्दोलन भड्काएको भन्दै चीनले एक समचार पत्र बन्द गराएको छ । हङकङमा चीन सरकारले लोकतन्त्रवादी लक्षित राजनीतिक दमन गर्दै आएको छ । पछिल्लो समय हङकङमा चीनको राजनीतिक दमनको कदम स्वरुप एक समचारपत्र बन्द गराएको बताइएको छ । केही समय अघि लोकतन्त्रवादी आन्दोलन भड्काएको अभियोगमा एपल डेलीका संस्थापक जीमी लाई माथि २० महिनासम्म कारबाही सुनाईएको थियो ।
चीन सरकारको राजनीतिक दमन कै कारण हङकङमा कुनै समयको सबैभन्दा धेरै बिक्रि हुने समचारपत्र एपल डेली बन्द भएको छ । सन् १९९५ मा हङकङमा स्थापना भएको चिनियाँ भाषाको समचारपत्र एपल डेलीले चिनियाँ कम्युनिष्ट पार्टीको बिश्लेषण तथा आलोचना गर्दै आएको थियो । हालसम्म चीन सरकारले उक्त समचारपत्रमाथि विज्ञापन बहिष्कार गर्दिने तथा कर्मचारीहरुमाथि भौतिक आक्रमण समेत गरेको बताईन्छ ।
चीन सरकारको हस्तक्षेप सामाना गर्दै आएका समचारपत्र संस्थापक जीमी लाईले केही बर्ष अघि नै चीन सरकारले आफुलाई पक्राउ गर्न सक्ने बताएका थिए । हङकङमा अभिव्याक्ति स्वतन्त्रतामाथि दमन हुँदै आएको लाईले बताएका थिए । एपल डेली ले ड्राकोनियन कानुन उल्लघंन गर्दै सरकार बिरोधी काम गरेको भन्दै चीन सरकारले हस्तक्षेप गर्दै उक्त समचारपत्रमाथि कारबाही गरेको हो । हङकङमा राष्ट्रिय सुरक्षाको रक्षाका लागि भन्दै चीन सरकारले कठोर ड्राकोनियन कानुन लागु गरेको छ । स्रोतः जापान टाईम्स
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #समचार पत्र बन्द
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्