१०४ राष्ट्रमा डेल्टा भेरिएन्ट फैलियो, संक्रमणले भयावह रुप लिने सक्ने डब्लुएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट फैलिएको दाबी गर्दै यसले भयावह रुप लिने चेतावनी दिएको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले पछिल्लो समय डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकाले धेरै देशहरु प्रभावित हुन सक्ने बताएका हुन ।
बिगतको १० साता विश्वभर संक्रमण दर घटेका बेला पछिल्लो समय यो भेरिएन्ट निकै सक्रिय रहेको अनुसन्धानबाट खुलेको भन्दै गेब्रेसियसले नियन्त्रणका लागि तयारी रहन निर्देशन दिएका छन् । यो भेरिएन्टले कोरोनाको खोप नलगाएका व्यक्तिहरु बढी संक्रमित हुने गरेको भन्दै खोप अभियानमा तीव्रता दिन उनले सुझाव दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #१०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट, #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्