Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह बुस्टरका नाममा अनावश्यक खोप नलगाउ


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डाक्टर अधानोमले सबैलाई आग्रह गरेका हुन् ।

संक्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा तीव्र रूपमा फैलिँदै गएकाले नियमित प्रेस ब्रिफिङमा सुरुमा सबैलाई कम्तीमा पहिलो खोप लाग्नुपर्नेमा उनले जोड दिए । अझै पनि कतिपय देशमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे । विश्वव्यापी रूपमा खोपको उपलब्धता ठुलो खाडल रहेको समेत उनले बताए ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #विश्व स्वास्थ्य सङ्गठन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं