धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह बुस्टरका नाममा अनावश्यक खोप नलगाउ
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डाक्टर अधानोमले सबैलाई आग्रह गरेका हुन् ।
संक्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा तीव्र रूपमा फैलिँदै गएकाले नियमित प्रेस ब्रिफिङमा सुरुमा सबैलाई कम्तीमा पहिलो खोप लाग्नुपर्नेमा उनले जोड दिए । अझै पनि कतिपय देशमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे । विश्वव्यापी रूपमा खोपको उपलब्धता ठुलो खाडल रहेको समेत उनले बताए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #विश्व स्वास्थ्य सङ्गठन
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्