मन्त्रालयको गाडीभित्र मध्यरातमा निर्वस्त्र अवस्थामा भेटिए एक महिला र दुई पुरुष
काडमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु तीन जनालाई पक्राउ गरिएको थियो । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरुको परिचय प्रहरीले खुलाएको छैन ।
गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि नियन्त्रणमा लिइएको थियो । गाडी चालक मन्त्रालयकै कर्मचारी भएपनि बाँकीबारे प्रहरीले मुख खोलेको छैन । यो घटनाले सरकारी गाडीको ब्यापक दुरुपयोग हुने गरेको गुनासो र आशंकालाई थप पुष्टि गरेको छ ।
क्याटेगोरी : जनगुनासो, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गाडीभित्र यौनजन्य क्रियाकलाप, #महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्