मन्त्रालयको गाडीभित्र मध्यरातमा निर्वस्त्र अवस्थामा भेटिए एक महिला र दुई पुरुष
काडमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु तीन जनालाई पक्राउ गरिएको थियो । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरुको परिचय प्रहरीले खुलाएको छैन ।
गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि नियन्त्रणमा लिइएको थियो । गाडी चालक मन्त्रालयकै कर्मचारी भएपनि बाँकीबारे प्रहरीले मुख खोलेको छैन । यो घटनाले सरकारी गाडीको ब्यापक दुरुपयोग हुने गरेको गुनासो र आशंकालाई थप पुष्टि गरेको छ ।
क्याटेगोरी : जनगुनासो, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गाडीभित्र यौनजन्य क्रियाकलाप, #महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्