प्यारागन पब्लिक स्कुलको दादागिरी, अभिभावक र सञ्चारकर्मीमाथि हमला
धम्की दिदै क्यामरामा समेत आक्रमण
काठमाडौं । निजी विद्यालयमाथी सरकारको नियमन नपुग्दा मनोमानी झन—झन बढ्न थालेका छन् । कोरोना महामारिको बन्दाबन्दीको मारमा परेका अभिभावकमाथी शुल्क बृद्धीको भार थोपर्ने तिलगंगास्थित प्यारागन पब्लिक स्कुलमा छलफल गर्न पुगेका अभिभावकहरु उल्टै कुटिएका छन् । मनलाग्दी शुल्कबृद्धी गर्ने स्कुलले समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथी नै दुब्र्यबहार गरेको छ ।
विगतमा निजि विद्यालयले जुन कुनै शिर्षकमा जतिसुकै शुल्क लिइएपनि बिरोध नगर्ने अभिभावक पछिल्लो समय निजि विद्यालयको चर्को सेवा शुल्कको बिरुद्धमा आवाज उठाउन थालेका छन् । लकडाउन अवधीको चर्को शुल्क बारे असन्तुष्टि पोख्न तिलगंगास्थित प्यारागन पब्लिक स्कुल पुगेका अभिभावक र विद्यालय प्रशासन बिच सोमबार कुटाकुट नै भएको छ । दोहोरो झडपका क्रममा सञ्चारकर्मीमाथी दुब्र्यबहार र क्यामेर, बुममाथी नै तोडफोड गर्नेसम्मका हर्कद विद्यालय प्रशासनबाट भएका छन् । केही समय विद्यालय परिसर यसरी रणभुमि जस्तै बन्यो ।
विद्यालयले सुविधा नै नलिएको शिर्षकमा बिल पठाएपछि अभिभावक रुष्ट बनेका थिए । मासिक शुल्क, बार्षिक शुल्क, भर्ना शुल्कमा मनलाग्दी बृद्धी गरिएपछि अभिभावकहरु सोमबार भेला भएर विद्यालय परिसरमा पुग्दैगर्दा प्रशासनले गुनासो सुन्नुको साटो उल्टै धरपकड गरेको थियो ।
हुनत, तिलगंगास्थित प्यारागन पब्लिक स्कुल यो पटक मात्रै होइन, बारम्बार बिवादमा परिरहने स्कुल हो । यहाँ, विगतमा बिद्यार्थीमाथी कुटपीट, शुल्कबृद्धी लगायतका बिषयमा बारम्बार बिवाद हुँदैआएका छन् । एनप्याब्सनकी पूर्व अध्यक्ष तथा ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालक गिता राणाकी बहिनी बिना बानुले सञ्चालन गर्दै आएको यो स्कुलले राजनीतिक शक्तिको आडमा विद्यार्थीमाथी चर्को शुल्कको मनोमानी मच्चाइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #अभिभावकमाथी शुल्क बृद्धी, #प्यारागन पब्लिक स्कुल
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्