पछिल्लो २० दिनमा बाढी र पहिरोबाट ३९ जनाको मृत्यु, ३१ वेपत्ता
काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनी विवादका कारण पछिल्लो २० दिनमा मात्रै नेपालमा ३९ जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिएका हुन् । मनसुनजन्य विपदका २ सय २६ घटनाबाट २२ जिल्ला प्रभावित भएको पौडेलले जानकारी दिए ।
असार १६ गतेसम्म गएको बाढी पहिरोबाट विभिन्न जिल्लामा आंशिक र पूर्ण क्षति भएका ५ सय ७२ घर परिवारलाई अस्थायी बसोबास व्यवस्थाका लागि प्रति परिवार ५० हजार रुपैयाँ पठाएको उनले जानकारी दिए । विपदबाट सिन्धुपाल्चोक, मनाङ, लम्जुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लामा ५०५ निजी घर पूर्ण क्षति भएको र ११२ घरमा आंशिक क्षति भएको छ ।
असार १९ गते सुनसरीमा थला खोला, ट्याङ्ग्रा खोला, बुढी खोला, केशलिया खोला र धनुष खोलामा आएकोे बाढीले २०० घर डुवानमा परेका छन् । यस्तै बाढी पहिरो र डुवानका कारण ३६ सरकारी कार्यालय भवन, ९ वटा विद्यालय भवनमा पनि क्षति पुगेको छ । सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवनमा २, तनहुँ, मोरङ, उदयपुर र सिराहामा १–१ वटा गरी १५ वटा मोटरेबल पुलमा क्षति भएको छ । मनाङमा ५ वटा मोटरेबल काठेपुल, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र गोरखा र तनहुँ जोड्ने एउटा गरी २३ वटा झोलुङ्गे पुलमा क्षति भएको विवरण गृह मन्त्रालयले संकलन गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #पहिरो, #बाढी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्