चीनमा अल्पसंख्यक उइघुर जातिको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा अमेरिकाद्धारा प्रतिबन्ध
वासिंगटन । अमेरिकाले चीनमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा रोक लगाएको छ । अमेरिकाले चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा रोक लगाएको हो । अमेरिकाको यहि कदम स्वरुप सोलर प्यानल उत्पादक चिनियाँ कम्पनी होसिन सिलिकन ईन्डस्ट्रिको सामाग्रीहरुमा प्रतिबन्ध लागेको छ ।
उक्त कम्पनीले सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको बताईएको छ । होसिन सिलिकन कम्पनीले सिलिकन सामाग्री उत्पादनका लागि सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको भन्दै त्यस्ता सामाग्रीहरु प्रतिबन्ध गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले बताएको छ ।
सोलर प्यानलका लागि प्रयोग हुने सिलिका कच्चा पदार्थ उत्पादन कार्यमा उइघुरलाई बाध्य श्रममा लगाइएको भन्दै यस्ता सामाग्री निर्यातमा प्रतिबन्ध लगाईएको अमेरिकी होमल्याण्ड सेक्युरिटीका सचिव अलेहान्द्रो मलेर्कासले बताएका छन् । चीन सरकारले सिन्जियाङमा अल्पसंख्यक उइघुरहरुलाई बाध्य श्रममा लगाउने जस्ता मानवीय अपराध गरेको भन्दै आलोचना हुने गरेको छ । स्रोतः हङकङ पोष्ट
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #चीनमा अल्पसंख्यक उइघुर समुदाय
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्