कोरोना माहामारीका बाबजुद भारतमा लगानी वृद्धि
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरले आर्थिक क्षेत्र प्रभावित भएपनि लगानी बढिरहेको तथ्याङक सार्वजनिक भएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहरको संकटको बाबजुद पनि नयाँ व्यापारहरुमा लगानी बढिरहेको डाटा रिसर्च योरस्टोरीले सार्वजनिक गरेको हो ।
यो बर्ष सन् २०२१ जनवरीदेखि मे सम्मको लगानी हेर्दा भारतमा लगानी सन्तुलित र सही दिशामा रहेको बताईएको छ । यो बर्षको पहिलो पाँच महिनामा मात्र आठ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको लगानी भएको योरस्टोरी रिसर्चले देखाएको छ ।
गत बर्ष २०२० को पहिलो छ महिनाको चार अर्ब ८५ करोड अमेरिकी डलर बराबरको लगानी भन्दा यो बर्षको लगानी ८० प्रतिशत धेरै हो । कोरोना भाइरस माहामारीले समग्र अर्थतन्त्रमा असर पारेपनि भारतमा वैदेशिक र आन्तरिक लगानीहरु बढीरहेको छ । स्रोतः योरस्टोरी
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्