हिंसा बढ्न थालेपछि आफ्ना नागरिकलाई अफगानिस्तान छोड्न चीनको चेतावनी
एजेन्सी । तालिवानले अमेरिकी र नाटो सेनाको बर्हिगमनभन्दा केही महिनाअघि नै अधिक क्षेत्र कब्जा गर्न आक्रमण गर्न थालेको छ । अफगानिस्तानमा हिंसाका र आक्रमणका घटनाहरु बढ्न थालेपछि चीनले आफ्ना नागरिकलाई मुलुक छोड्न चेतावनी दिएकोछ । यस वर्ष अफगानिस्तानमा द्वन्द्व निरन्तर भएको र आतंकवादी हमलाहरू लगातार भइरहेका कारण सुरक्षा स्थिति गम्भीर र जटिल हुँदै गइरहेको भन्दै दूतावासले एक बिज्ञप्ती जारी गरेको हो ।
युद्धग्रस्त मुलुकमा भएको निर्दयी हिंसाका बीच, अफगानिस्तानमा चिनियाँ दूतावासले शनिबार आफ्ना नागरिकहरूलाई बढी सतर्क हुन र तुरुन्तै अन्तर्राष्ट्रिय वाणिज्य उडानबाट त्यस देशबाट बाहिर जान आग्रह गरेको थियो। अफगानिस्तानबाट अमेरिकी फिर्तीले चीन र रुसलाई मुलुकमा प्रभावको लागि प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने सुरक्षा विश्लेषकहरूले जनाएका छन् ।
चीनका लागि अफगानिस्तान स्पष्ट चासोको स्थान रहेको जनरल अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का कमाण्डर फ्रान्क म्याकेन्जीले गत साता भनेका थिए जहाँसुकै तपाईंले (यी प्रोजेक्टहरू) मध्य पूर्वमा देख्नुभयो, जहाँ वास्तवमा राष्ट्रहरू कमजोर छन् । मलाई लाग्छ अफगानिस्तान पनि ती क्षेत्रहरू मध्ये एक हुनेछ जुन हामी अगाडि बढ्छौं । झन्डै २० वर्ष अघि चीनले अमेरिकी सेना अफगानिस्तानमा आएको थियो । अफगानिस्तानमा भइरहेको आतंवादलाई अन्त्य गर्न अमेरिकी सेना अफगानिस्तानमा आएपनि त्यहाँ आतंकवाद अन्त्य हुन सकेको छैन ।
गत महिना चीनको विदेश मन्त्रालयका प्रवक्ताले पनि भनेका थिए, हालसालै अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ताको आकस्मिक घोषणाले देशभर विस्फोटक हमलाहरूको क्रम बढिरहेको छ । यसले मुलुकलाई थप अस्थिरतातर्फ लैजाने छ भने सुरक्षा अवस्था निकै बिग्रिएको छ । अमेरिकाले शान्ति र स्थायित्वका साथै जनताको जीवनलाई जोखिममा पार्दै आएको छ । यस अघि बाइडेनले मे १ मा अफगानिस्तानबाट सेनाको अन्तिम वापसी सुरु गर्ने र सेप्टेम्बर ११ को आतंकवादी हमलाको २० औं वार्षिकोत्सव अगाडि आफ्नो सेनाहरुको पूर्ण फिर्ता गरिसक्ने घोषणा समेत गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #अफगानिस्तानमा हिंसा, #चिनियाँ दूतावास
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्