आन्तरिक हवाइ उडान बिहिबारदेखि खुल्यो, एकैदिन ६४ विमानले उडान भर्ने

काठमाडौं । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ । आन्तरिक उडान खुलाएसँगै दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ । आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुनेछन् ।
बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् । सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएका थिए ।
निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सञ्चालन गर्ने हवाइ उडान कम्पनीहरुले जनाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्