जेभियर इन्टरनेसनल कलेजले पायो वर्ल्ड लिडर समिट अवार्ड
काठमाडौं । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड पाएको छ । शैक्षिक क्षेत्रमा पुर्याएको योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेको भन्दै जेभियर इन्टरनेसनल कलेजलाई सो अवार्ड दिइएको हो ।
निरन्तरको शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहितको समय सापेक्ष सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानीत भएको जेभियर इन्टरनेसनल कलेजका सिईओ लोक बहादुर भण्डारीले जानकारी दिए ।
इन्टरनेसनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन ) नामक संस्थाले विश्वभरबाट जेभियर इन्टरनेसनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेवाफत सम्मान प्रदान गर्दै आएको छ । जेभियर इन्टरनेसनल कलेजले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #जेभियर इन्टरनेसनल कलेज
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्