भारतको तेलंगना राज्यमा ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण हुँदै
नयाँ दिल्ली । भारतको तेलंगना राज्य सरकारले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान चलाउने भएको छ । तेलंगना सरकारले वल्र्ड इकोनोमिक फोरम, नीति आयोग र हेल्थनेट ग्लोबलको साझेदारीमा मेडिसिन फ्रम द स्काई अभियान सुरु गर्न लागेको हो । यो अभियान अन्तर्गत ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप तथा औषधि सामाग्री वितरण गर्ने योजना बनाइएको छ ।
भारतमा ड्रोनबाट खोप वितरण गर्ने तेलंगना पहिलो राज्य भएको सुचना तथा प्रविधि मन्त्री केटी रमा रावले दाबी गरे । यो योजना जुन महिनाको अन्तिम साताबाट शुरु हुने अपेक्षा गरिएको छ । भबिष्यमा स्वास्थ्य सेवा क्षेत्रमा ड्रोनको प्रयोग गर्न रणनीति तथा नीति अबलम्बन गर्ने उदेश्यले यो अभियान शुरु गरेको सुचना प्रविधि सचिव जयस रन्जनले बताएका छन् । स्रोतः ईण्डीया टुडे
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्