भारतको तेलंगना राज्यमा ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण हुँदै
नयाँ दिल्ली । भारतको तेलंगना राज्य सरकारले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान चलाउने भएको छ । तेलंगना सरकारले वल्र्ड इकोनोमिक फोरम, नीति आयोग र हेल्थनेट ग्लोबलको साझेदारीमा मेडिसिन फ्रम द स्काई अभियान सुरु गर्न लागेको हो । यो अभियान अन्तर्गत ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप तथा औषधि सामाग्री वितरण गर्ने योजना बनाइएको छ ।
भारतमा ड्रोनबाट खोप वितरण गर्ने तेलंगना पहिलो राज्य भएको सुचना तथा प्रविधि मन्त्री केटी रमा रावले दाबी गरे । यो योजना जुन महिनाको अन्तिम साताबाट शुरु हुने अपेक्षा गरिएको छ । भबिष्यमा स्वास्थ्य सेवा क्षेत्रमा ड्रोनको प्रयोग गर्न रणनीति तथा नीति अबलम्बन गर्ने उदेश्यले यो अभियान शुरु गरेको सुचना प्रविधि सचिव जयस रन्जनले बताएका छन् । स्रोतः ईण्डीया टुडे
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्