मलाला युसुफजाईको बिवाहबारे टिप्पणी बिरुद्ध पाकिस्तानमा आलोचना
एजेन्सी । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ । भोग पत्रिकामा दिएको एक अन्तर्वातामा बिवाहबारे मलालाको टिप्पणीले धार्मिक कट्टरवादी मुलुक पाकिस्तानमा तरंग पैदा भएको छ । अन्तर्वातामा बिबाहबारे सोधेको प्रश्नमा मलालाले बिवाहको बन्धनमा बाँधिन पर्ने किन बाध्यता हुन्छ भनेर प्रतिप्रश्न गरेकी थिईन् ।
बिवाहको बन्धनमा हस्ताक्षर नगरेर कोही व्याक्तिसँग साझेदारीमा किन बस्न सकिँदैन भनेर मलालाले टिप्पणी गरेपछि पाकिस्तानमा आलोचना भएको हो । धार्मिक मुलुक पाकिस्तानमा २५ बर्ष भन्दा बढी उमेरका करिब ८६ प्रतिशत महिलाहरु विवाहित भइसकेका हुन्छन् । पाकिस्तानको खैबर पख्तुन्खवा प्रान्तमा एक धार्मिक नेताले मलालाको टिप्पणीपछि उनीमाथि हिंसात्मक आक्रमण गर्ने धम्की दिएपछि पक्राउ परेका छन् ।
पाकिस्तानमा बिवाहको असमान मान्यता बिरुद्ध आवाज उठाउँदा परम्परा बिरोधी तथा पश्चिमीकरणको संज्ञा दिईने साराह खानले द वासिंगटन पोष्टमा टिप्पणी गरेकी छन् । नोबेल पुरस्कारले सम्मानित मलाला पाकिस्तानमा महिला शिक्षा अधिकारको वकालत गर्दै आएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #मलाला युसुफजाई
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्