भारतको जम्मु काश्मीरमा सेनाद्धारा कोरोनाबिरुद्ध खोप अभियान
एजेन्सी। भारतको जम्मु काश्मीरमा सेनाले कोभिड १९ बिरुद्ध खोपबारे घरदैलो अभियान सञ्चालन गरिरहेको छ । भारतमा कोरोना भाइरसको माहामारी जारी रहेको बेला जम्मु काश्मीरमा कोभिड १९ बिरुद्ध खोप अभियानमा सेना सक्रिय भएको हो । जम्मु काश्मीरको ग्रामिण क्षेत्रहरुमा खोप लगाउन सेनाले घरदैलो कार्यक्रम गरिरहेको छ ।
खोप लगाउने अभियानमा नियन्त्रण रेखा सीमा क्षेत्रको अन्तिम बस्ति केरानी गाउँमा सेना र स्वास्थ्यकर्मीको समुह पुगेका छन् । भारतीय सेनाले जम्मु काश्मीरस्थित दुर्गम क्षेत्रहरुमा खोप लगाउने अभियानमा केन्द्र शासित प्रशासनसँग सहकार्य गरेको हो । केरानी गाउँका सबै मानिसहरुले खोपको पहिलो डोज लगाएको सैन्य डाक्टर क्याप्टेन सदिक अर्मनले जानकारी दिए ।
दुर्गम टाढा क्षेत्रका मानिसहरु खोप लगाउन केन्द्र शहरहरुमा आउन नसक्ने अबस्थालाई मध्यनजर गर्दै त्यस्ता क्षेत्रमा घरदैलो कार्यक्रम गरेको उनले बताए । सेनाले कोभिड १९ बिरुद्ध सुरक्षा मापदण्ड तथा खोपबारे जनचेतना अभियान पनि चलाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #खोपबारे घरदैलो अभियान, #जम्मु काश्मीर
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्