पक्राउ परे ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा, कुटपिट, अभद्र व्यवहार गरेको आरोप

काठमाडौं । आफूलाई अभियान्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीन जनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।
प्रहरीले आइतबार खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीन जनालाई हिरासतमा लिएको हो । अभियान्ता बताउदै ठाउँ ठाउँमा मानिसहरुलाई दुब्र्यहार समेत गर्ने गरेको गुनासो प्रहरीमा परेको छ । उनीहरु युटुबरपछि लगाउदै ब्यक्तीगत कोठा तथा घरमा समेत गएर धम्की दिदै आएका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #ज्वाला संग्रौला, #हिमाल उपाध्याय र शर्मिला वाइवा
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्