आज पाँचै प्रदेशमा भारी बर्षा, लुम्ले र घोरेपानी क्षेत्रमा खतराको साइरन बजाइयो

काठमाडौं । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएसँगै खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षाको पूर्वानुमानसहित आकस्मिक बाढी र पहिरोको जोखिमबाट जोगिन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै,आज रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले असार ३ गतेसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । यी नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार प्रदेश नं २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन मौसमविदले आह्वान गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #भारी बर्षा
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्