भारतीय सेनामा नेपाली महिलालाई जागिरको अवसर
काठमाडौं । अब नेपाली महिलाहरुले समेत भारतीय सेनामा जागिर पाउने भएका छन् । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने जानकारी दिएको हो । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइट भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
भर्ना हुन चाहनेहरुका लागि आगामी जुलाई २० तारिखसम्म आवेदन दिने हदम्याद राखिएको छ । आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारका सदस्यबाट भने ३० वर्षसम्मकाले आवेदन दिन पाउनेछन् । कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने योग्यता तोकिएको छ ।
अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान जानकारी गराइएको छ । शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ । यी सबै प्रक्रिया पुरा गर्नुअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइने जानकारी दिइएको छ । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्ने बताइएको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #नेपाली महिला, #भारतीय सेनामा जागि
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्