युरोकप फुटबलमा बेल्जियमको विजयी सुरुवात
काठमाडौं । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार रातिभएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो । बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो । खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । खेलको ३४ औ ंमिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् ।
बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो । जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह’बी’मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ । रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । रुस पुछारमा रहेको छ । यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #बेल्जियम, #युरोकप फुटबल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्