कोभ्याक्सिन खोप ६ सय रुपैयाँ सरकारी र १२ सयमा निजी अस्पतालबाट भारत बायोटेकले बेच्ने
नयाँ दिल्ली। भारत बायोटेक कोभ्याक्सले कोरोना भाइरस बिरुद्धको कोभ्याक्स खोप राज्य सरकारलाई प्रति डोज ६ सय रुपैयाँमा र निजी अस्पतालहरुलाई प्रति डोज १२ सय रुपैयाँमा बेच्ने भएको छ। एक विज्ञप्ति जारी गर्दै भारत बायोटेकका अध्यक्ष तथा प्रबन्ध निर्देशक कृष्ण एल्लाले कम्पनीले केन्द्र सरकारलाई प्रति डोज १ सय ५० रुपैयामा बितरण गरी सरकारी निःशुल्क भ्याक्सीन वितरणमा साथ दिएको बताए।
उनले कम्पनीको क्षमताको ५० प्रतिशत सरकारका लागि सुरक्षीत गरिएको पनि बताए। उनले सर्बसाधरणमा भ्याक्सीनको सहज पहुँचका लागि कोभिड–१९, जिका, हैजा अन्य जस्ता खोपहरूमा समेत सहयोग गर्ने बताए। कम्पनीले यसै हप्ताको सुरुमा खोप निर्माताले घोषणा गर्दै तीनै चरणको परिक्षण पछि कोभ्याक्स ७८ प्रतिशत प्रभाकारी देखीएको जनाएको छ।
गत साता सेरम ईन्स्टिच्युट अफ इण्डियाले कोभिशिल भ्याक्सिन प्रति डोज निजी अस्पताललाई ६०० रुपैयाँमा बेच्ने र राज्य सरकारलाई ४०० रुपैयाँमा बिक्री गर्ने जनाउँदै यसअघि केन्द्रीय सरकारसंग भएको १ सय ५० प्रति डोजको सम्झौता समाप्त भएको जानकारी गराएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोभ्याक्स खोप, #बायोटेक कोभ्याक्स
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्