कोरोना संक्रमण बढेसँगै पत्रकार महासंघ रुकुमद्धारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण
काठमाडौं । नेपाल पत्रकार महासंघ रुकुमले जिल्लामा क्रियाशिल संचारकर्मी र संचारगृहलाई स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरेको छ । कोरोना संक्रमणको उच्च जोखिमका बिच अग्रभागमा रहेर सूचना प्रवाह गर्ने संचारकर्मी र संचारगृहलाई १ हजार ५ सय ओटा मास्क र २५ वटा सेनिटाईजर उपलब्ध गराइएको महासंघ जिल्ला शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
सदरमुकाममा रहेका संचारकर्मीहरुलाई महासंघका सचिव हिरा परियार, सह सचिव नारायण ओली, सदस्यहरु संगम देवकोटा, परिचन्द्र खत्री र दिपेन्द्र महतारा र सल्लाहकार हरि गौतम सहितको टोलीले संचारगृह र संचारकर्मीहरुलाई भेटेर सामाग्री दिएका हुन् । महासंघका अध्यक्ष केसीले सदरमुकाम बाहिर र रुकुम पूर्वका लागि महासंघका प्रतिनिधिहरु मार्फत सामाग्री पठाइएको जानकारी दिए ।
सामाग्रीहरु पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा), हरप्लेस रुकुम, युनाईटेड सर्जिकल दांग र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सहयोगमा प्राप्त गरिएको हो । जिल्लाका संचारकर्मीहरुलाई पहिलो चरणमा उक्त सामाग्री उपलब्ध गराईएको र आगामी दिनहरुमा पनि अन्य निकायको सहयोगमा सामाग्री उपलब्ध गराईने महासंघले जनाएको छ ।
जिल्लामा निषेधाज्ञा जारी भएकोले यस्तो अवस्थामा संचारगृहले संचारकर्मीहरुलको लागि घरमै बसेर काम गर्ने वातावरण मिलाईदिन र संचारकर्मीहरु अत्यावश्यक अवस्थामा मात्र स्वास्थ्य सुरक्षाका मादण्ड पालना गरी परिचय पत्रको साथमा रिपोर्टिङमा निस्कन अनुरोध समेत महासंघले गरेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #पत्रकार महासंघ रुकुम
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’




तपाईको कमेन्ट लेख्नुहोस्