बिद्यालय बन्द गर्न चौतर्फी दवाव,बालबालिकालाई कोरोनाबाट नजोगाए धेरै अगंमा असर
काठमाडौं । बाल चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले कोभिड–१९ को संक्रमणबाट बालबालिकालाई बचाउन पाँच बुँदे अपिल जारी गरेको छ । सोसाइटीले स्वास्थ्यका मापदण्ड पूरा भएको अवस्थामा मात्रै विद्यालय पठाउन अनुरोध गरेको छ ।
पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेमा १० प्रतिशत बालबालिका रहेको भन्दै सोसाइटीले भिडभाडमा बालबालिका लिएर नजान, जानै परेमा स्वास्थ्यका मापदण्ड अपनाउन, बालबालिकालाई अन्य खोप समेत नियमित लगाउन र बालबालिकामा कुनैपनि असामान्य अवस्था देखिएमा तुरुन्तै चिकित्सककहाँ पु¥याउन अपिल गरेको छ ।
सोसाइटीले आइतबार एक सूचना जारी गर्दै बालबालिकामा कुनैपनि लक्षण नदेखिएपनि रोग हुनसक्ने र संक्रमण भएको ४ देखि ६ हप्तापछि मात्रै लक्षण देखिने भएकाले सजग रहन अभिभावकलाई समेत सुझाव दिएको छ ।
ढिलो लक्षण देखिँदा बालबालिकामा एमआइएससी अर्थात् धेरैवटा अंगमा हुनसक्ने असरलाई ख्याल गर्न समेत सचेत गराइएको छ । कोरोनाबाट सिकिस्त भए यसको उपचार समेत जटिल तथा महंगो हुने भन्दै रोकथामका लागि बालबालिका जोगाउन सोसाइटीले अपिल गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #बाल चिकित्सक
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल




तपाईको कमेन्ट लेख्नुहोस्