पानी र हावाहुरीसँगै घट्यो नेपालको वायु प्रदूषण
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित परेको पानीले वायु प्रदूषण घटाएको छ । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का वर्षा भएसँगै हानिकारक अवस्थामा पुगेको वायु प्रदूषणमा सुधार देखिएको हो । वायु प्रदूषण मापन गर्ने आइक्युएअरका अनुसार काठमाडौँको एक्यूआई शनिबार बिहान १ सय ५२ मापन गरिएको थियो ।
विश्वव्यापी सूचकांकमा शनिबार बिहान आठौँ स्थानमा रहेको नेपाल थप प्रदुषण घटेर साँझपख १२ औँ स्थानमा पुगेको छ । साँझपखको एक्यूआई ९३ रहेको छ जुन सुधारिएको अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर शनिबार बिहानसम्म अस्वस्थ अवस्थामा झरेको थियो । अहिले यो अवस्थामा समेत सुधार देखिएको छ ।
वायु प्रदूषण बढेको समयमा बृद्धबृद्धा, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूमा केही स्वास्थ्य समस्या बढेको पाइएको थियो । नाक पोल्ने, आँखा पोल्ने लगायतका समस्याको सबैले अनुभवन गरेका थिए । केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४ सय ७० एक्यूआई सम्म पुगेको थियो ।विश्वव्यापी सूचकांकमा अहिले चिनको बेइजिङ शहर विश्वकै प्रदूषित शहर बनेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #वायु प्रदूषण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्