अष्ट्रेलियामा होबार्टको मार्फा फुटबल क्लबलाई यश स्टडी र गोर्खाज फेसनको जर्सी सहयोग
अष्ट्रेलिया । होवार्टमा स्थापित मार्फा फुटबल क्लबलाई एजुकेशन एण्ड माईग्रेसन सेवा दिँदै आएको यश स्टडी वल्र्ड र गोर्खाज फेसनले संयुक्त जर्सी हस्तान्तरण गरेका छन् । कार्यक्रममा क्लबका व्यवस्थापक बिशाल सुब्बाले होबर्टमा रहेर फुटबल खेललाई अघि बढाउँदा विभिन्न आरोह अवरोह पार गरेको भन्दै सुरुवाती दिनका संघर्षले सदैव प्रेरणा दिने धारणा राखेका थिए ।
यस्तै क्लबका सचिब प्रमोद शाहले क्लबलाई सबैको साथ रहने आशा व्यक्त गरे । उक्त अवसरमा बोल्दै यश स्टर्ड वल्र्ड होवार्टका निर्देशक खगेन्द्र सत्यालले सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबलाई सहयोग गरिएको बताएका थिए । यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने उनले बताए ।
गोर्खाज फेसनका उमेश सेन्चुरीले नेपाल बाहिर पनि नेपालमा बनेका सामानहरु पाइन थालेको भन्दै स्वदेशी उत्पादनलाई कर्मथलोमा चिनाउन पाउनु गर्वको विषय भएको बताए । साथै उनले क्लबको प्रगतिसँगै हातेमालो गर्न पाउनु आफुहरुको लागि गौरवको विषय भएको पनि धारणा राखे । टिमका क्याप्टेन सन्दीप चामलिंग राईले खेलाडीहरुलाई ढुक्क भएर खेल्ने वातावरण निर्माणमा आफुहरुको जोड रहेको बताए । उनले खेलाडीहरुको बिमाका लागि पनि पहल अघि बढेको बताए । क्लबका अध्यक्ष प्रेम हुमागाईले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मार्फा फुटबल क्लब, #यश स्टर्ड वल्र्ड होवार्ट
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध





तपाईको कमेन्ट लेख्नुहोस्