अष्ट्रेलियामा होबार्टको मार्फा फुटबल क्लबलाई यश स्टडी र गोर्खाज फेसनको जर्सी सहयोग
अष्ट्रेलिया । होवार्टमा स्थापित मार्फा फुटबल क्लबलाई एजुकेशन एण्ड माईग्रेसन सेवा दिँदै आएको यश स्टडी वल्र्ड र गोर्खाज फेसनले संयुक्त जर्सी हस्तान्तरण गरेका छन् । कार्यक्रममा क्लबका व्यवस्थापक बिशाल सुब्बाले होबर्टमा रहेर फुटबल खेललाई अघि बढाउँदा विभिन्न आरोह अवरोह पार गरेको भन्दै सुरुवाती दिनका संघर्षले सदैव प्रेरणा दिने धारणा राखेका थिए ।
यस्तै क्लबका सचिब प्रमोद शाहले क्लबलाई सबैको साथ रहने आशा व्यक्त गरे । उक्त अवसरमा बोल्दै यश स्टर्ड वल्र्ड होवार्टका निर्देशक खगेन्द्र सत्यालले सामाजिक उत्तरदायित्व वहन गर्दै क्लबलाई सहयोग गरिएको बताएका थिए । यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने उनले बताए ।
गोर्खाज फेसनका उमेश सेन्चुरीले नेपाल बाहिर पनि नेपालमा बनेका सामानहरु पाइन थालेको भन्दै स्वदेशी उत्पादनलाई कर्मथलोमा चिनाउन पाउनु गर्वको विषय भएको बताए । साथै उनले क्लबको प्रगतिसँगै हातेमालो गर्न पाउनु आफुहरुको लागि गौरवको विषय भएको पनि धारणा राखे । टिमका क्याप्टेन सन्दीप चामलिंग राईले खेलाडीहरुलाई ढुक्क भएर खेल्ने वातावरण निर्माणमा आफुहरुको जोड रहेको बताए । उनले खेलाडीहरुको बिमाका लागि पनि पहल अघि बढेको बताए । क्लबका अध्यक्ष प्रेम हुमागाईले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मार्फा फुटबल क्लब, #यश स्टर्ड वल्र्ड होवार्ट
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन





तपाईको कमेन्ट लेख्नुहोस्