सिन्धुपाल्चोकमा पहिरोमा परी १० जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाह लाई सुरक्षाकर्मीको टोलीले जिवित उद्दार गरेको थियो । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
पहिरोले पुरिएका भारत बेतीयाका राजेन्द्र चौरसीया, वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका वर्ष २१ का राजेश चौधरी, २५ का बिक्रम थिंग, २३ का मानबहादुर रूम्बा, २० का सिमन घ्लान, २१ का शिबबालक धामी र १७ का सोनम लामा सुतेका थिए ।
यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #सिन्धुपाल्चोक पहिरो
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्