देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, सर्तकता अपनाउन मौसमविदको आग्रह

काठमाडौं । देशका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अहिले बिहान पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको मौसमविदले उल्लेख गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मौसम
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्