प्रत्येक बर्ष घट्दैछन् किसान, चामल आयत झनै बढ्दै

काठमाडौं । सरकारले धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने नारा सहित यसपटक पनि धान दिवस मनाएको छ । एक दिन तामझामका साथ दिवस मनाएपनि किसानका दुःख झन बढेका छन् भने धानको उत्पादनमा पनि बर्षेनी ह्रास आइरहेको छ । २०६१ सालमा धान दिवस मनाउने निर्णय गर्दा नेपालमा कुल जनसंख्याको ८१ प्रतिशत मानिसहरु कृर्षि पेशामा आवद्ध थिए । त्यसको दश बर्ष अर्थात् ७०/७१ सालमा ६५ प्रतिशत मानिसहरु कृर्षि पेशामा रहेको तथ्याङक सार्वजनिक भयो । पछिल्लो विवरण अनुसार नेपालमा ६० दशमलव ४ प्रतिशत मानिसहरु कृर्षि पेशामा छन् । यी तीन वटा तथ्याङ हेर्दा कृर्षि पेशाबाट क्रमश मानिसहरु पलायन भइरहेको देखिन्छ । जसले राज्यका कुनै पनि निकाय कृर्षि क्रान्तिका जति गफ गरेपनि ठोस नीति तथा कार्यक्रम ल्याएको देखिदैन् ।
बर्षको एक दिन सरकारी निकायका कर्मचारी धान दिवस मनाउन खेतमै पुग्छन् । केही मिनेट रोपेजस्तो गरी फर्किन्छन् । तर, किसान सधैं मल, बिउ र पानीको हाहाकारमा खेती गर्न बाध्य छन् । अझ् पछिल्लो समय त खेती योग्य जमिन प्लटिङ हुँदा उत्पादनमा कमी आइरहेको छ । सरकारको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भनिएपनि यो ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल नेपालमा आयातको देखिन्छ । सात लाख १५ हजार क्विन्टल चामल आयात भएको छ । सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन सकेको छैन् ।
पर्याप्त सिँचाइको व्यवस्था नहुँदा आकासे पानीका भरमा देशमा १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । समयमा वर्षा सुरु भएकाले यो वर्ष करिब २५ प्रतिशत धान रोपाइ भएको छ । पछिल्लो समय नेपालमा समेत सलह प्रबेश गरेपछि किसान थप चिन्तित भएका छन् । घट्दै गएको उत्पादन बढाउन र कृर्षिमा आत्मनिर्भर बनाउन सरकारले समयमै मल, बिउ र सिचाईको ब्यवस्था गर्नुपर्छ । सरकार दिवसमा मात्रै तातिने र अरुबेला सुस्ताउने हो भने भविष्यमा कृर्षि उत्पादनमा थप ह्रास आउने टड्कारै देखिन्छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #चामल आयत झनै बढ्दै
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्