लोकसेवा बिद्येयक पारित,सेवालाई चुस्तदुरुस्त र पारदर्शी बनाउने बिश्वास

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले संघीय निजामती सेवालाई स्वच्छ निश्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरिन । बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्षको छलफलमा सहभागी सांसदहरुले राज्यको भूमिकालाई प्रभावकारी बनाउन विधेयक उपयोगी हुने उल्लेख गरेका थिए । बैठकले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७’ लाई बहुमतले पारित गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, लाेकसेवा/जागिर, समाचार
ट्याग : #‘लोकसेवा आयोग
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्