आइतबार ४२१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ हजार २६
काठमाडौं । आइतबार नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ६४ महिला ३ सय ५७ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमा ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ महिला १ सय ८६ पुरुष गरी जम्मा १ सय ९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७ सय ७२ जना रहेका छन् । जसमा १ सय ४९ महिला र १ हजार ६ सय २३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना पुष्टि
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्