आज धेरै स्थानमा भारी वर्षा हुने, सर्तक रहन मौसमबिद्को आग्रह
काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुँदा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ । यो वर्ष मनसुन भित्रिँदा नै सक्रिय अवस्थामा रहेकाले गुल्मीदेखि पूर्वका भागमा मनसुनी वर्षा भएको मौसमविदले बताएका छन् । पूर्वबाट भित्रिएको मनसुन हाल मध्य हुँदै गण्डकी र प्रदेश नम्बर पाँचका केही क्षेत्रसम्म पुगेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मनसुन पुग्ने क्रममा रहेको छ । यो वर्षको मनसुनमा औषत पानी पर्ने पूर्वानुमान गरिएकाले किसानलाई सहज हुने देखिएको छ । तर, यो वर्ष वर्षाका कारण हुने सक्ने जोखिम पनि तुलनात्मक रुपमा बढी हुन सक्ने भएकाले सचेत हुनु पर्ने हुने मौसमबिद शान्ति कँडेलले बताएकी छन् ।
अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । अहिले नै बर्खे झरी सुरु नभएको भए पनि मनसुनी वर्षा भने सक्रिय रुपमा देखिएको मौसमविदको भनाई छ । प्रदेश नम्बर ५ का थोरै भू–भाग, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर २ र प्रदेश नम्बर १ का धेरै भू–भागमा वर्षा भइरहेको हो । हाल नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #भारी वर्षा हुने
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्