बिनोद चौधरीको चेतावनीः ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्छन्
काठमाडौं । लकडाउनले उद्योग ब्यवसाय धरासायी हुने अवस्थामा पुगेका बेला उद्योगपति विनोद चौधरीले बैंकहरु झन् संकटमा पर्ने चेतावनी दिएका छन् । उनले सरकारले बैंकहरुलाई छुट दिएको ब्याज बराबरको अनुदान नदिएमा ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने चेतावनी दिएका हुन् । नेपाल परिसंघले सामाजिक संजालमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले वित्तीय संस्थाहरुका लागि अनुदानको व्यवस्था नगरेमा ८० प्रतिशत वित्तीय संस्था बन्द हुने चेतावनी दिए । सरकारले ऋणीहरुका लागि छुटको व्यवस्था गरेको भन्दै ऋण, ब्याज र किस्ता तिर्ने समय पनि थपिदिदा ऋणीहरुसँगै बैंकहरुले पनि ठूलो समस्या भोग्नु पर्ने चौधरीले चेतावनी दिए । अहिले वित्तीय क्षेत्रका ग्राहकहरु लकडाउनका कारण आर्थिक संकटमा छन् ।
उनले अहिले बैंकिङ तथा वित्तीय क्षेत्र गम्भीर अवस्थामा पुगिसकेको दाबी गरे । ‘बैंकहरुले केही समय अगाडि नाफा देखाएका थिए’ उनले भने ‘तर उक्त नाफा नगद प्रवाहमा आधारित नभएकाले कागजी नाफा देखाउनेहरु नै पहिले समस्यामा पर्ने चौधरीको भनाई थियो । विदेशमा भएका नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् र स्वदेश फर्कन पाउनु उनीहरुको अधिकार पनि भएको चौधरीले बताए। ६२ दिनदेखि जारी लकडाउनका कारण बैंक तथा बित्तीय संस्थाहरु सहज रुपमा खुल्न सकेका छैनन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #बिनोद चौधरी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्