आगोलागीमा एक जना महिलाको मृत्यु

रुकुम पश्चिम ३ जेठ । जिल्लाको आठबिसकोट नगरपालिका वडानम्बर –३, खदिकी ३५ वर्षिया लाली बोहरा देवकोटाको आगलागीमा परेर मृत्यु भएको छ । डम्बर देवकोटाको ३ तले घरमा अकस्मात आगोलागी हुँदा भान्सा कोठामा खाना बनाईरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भई आगोलागी भएको हो । आगोलागीबाट घरका सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #आगलागीमा परेर मृत्यु
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्