२४ घण्टामा के के गर्यो स्वास्थ्य मन्त्रालयले
काठमाडौं ३१ बैशाख । गत चौबीस घन्टामा ३ हजार ४९ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआरबाट २ हजार ३ सय ५७ र आरडिटी विधिबाट ६ सय ९२ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म पीसीआर विधिबाट २१ हजार ३ सय ४० जनाको कुल परीक्षण भएको छ भने आरडिटी विधिबाट ६० हजार ३ सय १९ जनाको परीक्षण गरिएको छ । यस्तै, देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा कुल २ सय ४५ जना रहेको उपत्यकाभित्र ६ जना र उपत्यका बाहिर २ सय ३९ जना रहेका छन् । यस्तै, रेडजोनमा देशभर ३ सय ५४ जना रहेका छन् । गत चौबीस घन्टामा ९ जना रेड जोनमा परेका छन । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्