संसदमा प्रि–बजेटमा छलफल सुरु

काठमाडौं २९ बैशाख । संघीय संसद्का दुवै सदनमा सोमबारदेखि प्रि बजेटमाथि छलफल सुरु भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले आ–आफनो धारणा राखेका छन् । दुवै सदनमा सांसदहरुले बजेट प्रस्तावमाथि आ–आफनो धारणा राखी सुझाव दिनेछन् । अर्थमन्त्री खतिवडाले प्रस्ताव पेश गर्दै आगामी बजेटबाट कर सहुलियत, आर्थिक वृद्धि र क्रियाकलाप बढाउन मौद्रिक सहयताको ब्यवस्था गरिने बताए । अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने, मूल्यवृद्धिलाई वान्छित सीमाभित्र राख्ने, दीगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गर्ने उनले बताए । यस्तै, स्वास्थ्य पूर्वाधारमा लगानी बढाउने र स्वास्थ्य बीमालाई बिस्तार गरिने अर्थमन्त्रीको भनाई छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #प्रि–बजेट
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्