आगामी बर्षको बजेटमा कर नबढाउने अर्थमन्त्रीको घोषणा
काठमाडौं २८ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ मा कर नबढाउने घोषणा गरेको छ । कोरोनाका कारण व्यापार, व्यवसाय र आम्दानी घटेर अर्थतन्त्र नै संकटमा पुगेको विश्लेषण गर्दै सरकारले आगामी आर्थीक बर्षमा करको दर नबढाउने घोषणा गरेको हो। आइतबार संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता छलफलका लागि पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दर नभई दायरा बढाउने बताएका हुन् । राजश्व चुहावट नियन्त्रणतर्फ विशेष ध्यान पुर्याउने मन्त्री खतिवडाले जानकारी दिए । प्रिबजेट छलफलका लागि प्रस्ताव पेश गर्दै खतिवडाले कोरोना रोकथामका लागि गरिएको प्रयासका कारण अर्थतन्त्रमा गम्भीर असर परेकोले करका दरभन्दा दायर विस्तार, कर परिपालनामा वृद्धि र राजश्व चुहाट नियन्त्रणमार्फत थप राजश्व परिचालन गरिने जानकारी दिए । अर्थमन्त्री खतिवडाले कोरोनका कारण गुमेको रोजगारी पुनर्स्थापन गर्न र वैदेशिक रोजगारीबाट फर्किको जनशक्तिलाई व्यवस्थापन गर्ने कार्यक्रम बजेटमा समावेश गर्ने संसदलाई जानकारी गराए। रोजगारी सिर्जनाका लागि लागि कृषि क्षेत्रमा विशेष ध्यान दिइने र तीन तहको सरकारबीच समन्वयन बढाउने उनको दाबी छ। कोरोनाका कारण गुमेको रोजगारीलाई पुनर्स्थापित गर्न, वैदेशिक रोजगारीबाट फर्किनेहरुलाई रोजगारी उपलब्ध गराउने कार्यक्रम ल्याइने ।
क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ट्याग : #कर नबढाउने
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्