Techie IT
  • २८ माघ २०८१, सोमबार
KhojPatrika

आगामी बर्षको बजेटमा कर नबढाउने अर्थमन्त्रीको घोषणा


काठमाडौं २८ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ मा कर नबढाउने घोषणा गरेको छ । कोरोनाका कारण व्यापार, व्यवसाय र आम्दानी घटेर अर्थतन्त्र नै संकटमा पुगेको विश्लेषण गर्दै सरकारले आगामी आर्थीक बर्षमा करको दर नबढाउने घोषणा गरेको हो। आइतबार संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथामिकता छलफलका लागि पेश गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दर नभई दायरा बढाउने बताएका हुन् । राजश्व चुहावट नियन्त्रणतर्फ विशेष ध्यान पुर्‍याउने मन्त्री खतिवडाले जानकारी दिए । प्रिबजेट छलफलका लागि प्रस्ताव पेश गर्दै खतिवडाले कोरोना रोकथामका लागि गरिएको प्रयासका कारण अर्थतन्त्रमा गम्भीर असर परेकोले करका दरभन्दा दायर विस्तार, कर परिपालनामा वृद्धि र राजश्व चुहाट नियन्त्रणमार्फत थप राजश्व परिचालन गरिने जानकारी दिए । अर्थमन्त्री खतिवडाले कोरोनका कारण गुमेको रोजगारी पुनर्स्थापन गर्न र वैदेशिक रोजगारीबाट फर्किको जनशक्तिलाई व्यवस्थापन गर्ने कार्यक्रम बजेटमा समावेश गर्ने संसदलाई जानकारी गराए। रोजगारी सिर्जनाका लागि लागि कृषि क्षेत्रमा विशेष ध्यान दिइने र तीन तहको सरकारबीच समन्वयन बढाउने उनको दाबी छ। कोरोनाका कारण गुमेको रोजगारीलाई पुनर्स्थापित गर्न, वैदेशिक रोजगारीबाट फर्किनेहरुलाई रोजगारी उपलब्ध गराउने कार्यक्रम ल्याइने ।


क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ट्याग : #कर नबढाउने

तपाईको कमेन्ट लेख्नुहोस्